बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

भेरी अस्पतालमा चारजनाको मृत्यु, तीनजना बेहोस


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2705
    पुष १५, २०७८ बिहीबार
    भेरी अस्पतालमा चारजनाको मृत्यु, तीनजना बेहोस

    काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन् । 

    तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो । 

    घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो । 

    श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।  उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो ।

    बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij