आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

अविरल वर्षाले आठ राजमार्ग पूर्ण अवरुद्ध, अन्यमा एकतर्फी आवागमन


  • 829
    SHARES
  • https://indrenipost.com/posts/9661
    साउन १३, २०८२ मंगलबार
    अविरल वर्षाले आठ राजमार्ग पूर्ण अवरुद्ध, अन्यमा एकतर्फी आवागमन

    काठमाडौँ, १३ साउनः मुलुकभर जारी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा रहेका आठवटा प्रमुख राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने अन्य केही राजमार्गमा सवारीसाधन एकतर्फी रुपमा मात्रै सञ्चालन भइरहेको छ ।
    प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको निरन्तर वर्षाले विभिन्न ठाउँमा बाढी, पहिरो र सडक कटान हुँदा यातायात ठप्प भएको हो । पूर्ण रुपमा अवरुद्ध भएका राजमार्गमा सङ्खुवासभाको कोशी राजमार्ग, रसुवाको नेपाल–चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, लमजुङको बेँसीशहर–मनाङ सडक, गुल्मीको रुद्रवेणी–बामी र रिडी–बामी सडक, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीको दशरथचन्द राजमार्ग पर्छन् ।
    यस्तै, काठमाडौँ–नुवाकोट सडक, बाग्लुङ र नवलपरासीको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम सडक, तनहुँको पृथ्वी राजमार्ग र रोल्पाको सहिद राजमार्गमा भने एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको जानकारी दिइएको छ ।
    प्रहरीले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडक खुलाउने कार्यमा सुरक्षा निकाय र स्थानीय तह सक्रिय छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij