काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।
शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताए ।
यद्यपि, आजबाट यो समस्या समाधान हुने बताए । उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने अवस्था रहेको बताए ।
उनले काठमाडौं उपत्यकामा अब नौवटा सबस्टेशन थपिँदै गरेकाले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।