बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित (सूचनासहित)


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/3092
    माघ ७, २०७८ शुक्रबार
    पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित (सूचनासहित)

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् ।

    रीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष, सेमेष्टर)मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन् ।

    कोरोनाका कारण यसअघि नै त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डअनुसार विश्वविद्यालयका परीक्षा सञ्चालन भएका छन् कि छैनन् अनुगमन गर्न निर्देशन दिएका थिए ।

    प्रमुख जिल्ला अधिकारीहरूले विभिन्न कलेजमा चलेका परीक्षा केन्द्रहरूको अनुगमन गरेका थिए ।

    हेर्नुस्, सूचना :

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij