बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पहिलो पटक सूर्यसँग ठिक्क दूरी भएको ग्रह भेटियो, जहाँ नयाँ जीवन सम्भव हुन सक्छ !


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3600
    फागुन १, २०७८ आइतबार
    पहिलो पटक सूर्यसँग ठिक्क दूरी भएको ग्रह भेटियो, जहाँ नयाँ जीवन सम्भव हुन सक्छ !

    पतन हुन लागेका ताराको आसपास जिवन थाम्न सक्ने पृथ्वी जस्तै अर्को ग्रह भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यदि यो पुष्टि हुने हो भने पहिलोपटक पृथ्वी बाहिर पनि जीवन सम्भव हुनेछ । 

     

    पतन हुन लागेको या मृत तारालाई ‘ह्वाइट ड्वार्फ’ पनि भनिन्छ जसकै वरपर यो ग्रह घुमिरहेको पत्ता लागेको थियो । 

    यो ग्रहलाई ताराको बस्न योग्य क्षेत्र (ह्याबिटेबल जोन) मा फेला पारिएको छ जुन न धेरै तातो हुन्छ न धेरै चिसो हुन्छ ।

    तारासँग ठीक्क दुरीमा हुने यस्तै किसिमको ग्रहमा मात्र जीवन सम्भव छ । यो खोजबारे ‘रोयल एस्ट्रोनोमिकल सोसाइटी’ मा प्रकाशित गरिएको छ । 

    युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर जे फरिहीका अनुसार यस्तो अवलोकन गर्नु अन्तरिक्ष खोजकर्ताहरुका लागि पनि एकदमै नयाँ कुरा हो ।

    उनले बीबीसीसँग भनेका छन्, “ह्वाइट डवार्फको जीवनयोग्य क्षेत्रमा यस्तो भेटिएको यो पहिलोपटक हो । त्यसैले यसको वरपर घुमिरहेको ग्रहले जीवन सहितको छुट्टै दुनियाँ बसाल्न सक्छ । ”

    अन्तरिक्षको बस्न योग्य क्षेत्र भनेको त्यस्तो ठाउँ हो जहाँको ग्रहमा पानी तरल रुपमा रहन सक्छ । त्यसैले सो ठाउँमा जीवन सम्भव हुनेछ । 

    त्यस्तै धेरै ठूला ताराहरु मरेपछि ब्ल्याक होलमा परिणत हुन्छन् र हाम्रो सूर्य जस्ता साना तारा चाहिँ ह्वाइट ड्वार्फ बन्दछन् ।

    यसमा ताराको मृत्यु या पतन हुनु भनेको त्यसले आफ्नो सबै आणविक इन्धन प्रयोग गरि बाहिरी सतह पनि गुमाउनु हो । 

    यिनीहरु प्रायः ग्रहकै आकारको हुन्छन् र निर्माण हुने बित्तिकै सेतो–नीलो प्रकाश फाल्ने गर्दछन् ।  यो सम्भावित ग्रह पृथ्वी भन्दा ११७ लाइट इयर्स टाढा रहेको छ । 

    तरपनि पृथ्वी हाम्रो सूर्यबाट जति टाढा छ त्यसको तुलनामा यो ग्रह चाहिँ आफ्नो तारा भन्दा ६० गुणा नजिक रहेको पाइएको छ जुन एकदम ठीक दुरी हो । 

    कुनैपनि ग्रहमा जीवन सम्भव हुनका लागि तारा र सो ग्रहबीचको दुरी अनुकूल हुन आवश्यक छ । किनकी ग्रह ताराको धेरै नजिक भयो भने बढी तातो हुन्छ र धेरै टाढा भयो भनेपनि बढी चिसो हुने हुन्छ । 

    यो खोजपछि अन्तरिक्षयात्रीहरु ह्वाइट ड्वार्फको आसपास अन्य ग्रहहरुको प्रमाण खोज्न सक्रिय भएर लाग्न प्रोत्साहित बनेका छन् । किनकी फरिनीका अनुसार अन्तरिक्षको जगतमा यदि एउटा यस्तो घटना पत्ता लाग्यो भने यो अरु ठाउँ पनि सामान्य रुपमा पाइनेछ ।

    प्रोफेसर फरिही भन्छन्, “हाम्रो टिमका लागि पनि यो आविस्कार एकदम ठूलो झट्का थियो ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij