मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

२०७९ सालको शैक्षिकसत्र जेठबाट


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/3798
    फागुन ८, २०७८ आइतबार
    २०७९ सालको शैक्षिकसत्र जेठबाट

    आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र जेठबाट सुरु गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिए ।

    मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय भएको छ । 

    उनले स्थानीय तहले आफ्नो अनुकूलअनुसार कक्षा ८ को परीक्षा वैशाखमा नै सक्नुपर्ने निर्णय भएको जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij