मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षकलाई थप राहत : ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा


  • 4.0K
    SHARES
  • https://indrenipost.com/posts/4006
    चैत २, २०७८ बुधबार
    शिक्षकलाई थप राहत : ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा

    काठमाडौं । सरकारले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको दुर्गम भत्ता उपलब्ध गराउने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिअनुसार दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको भत्ता पाउने भएका हुन् ।

    सरकारले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने भएको छ । महासंघले महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गरी सो अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो ।

    मन्त्रालयले प्रसूति बिदामा रहेको अवधिमा अल्पकालीन रूपमा शिक्षक राख्न आवश्यक अनुदानको व्यवस्था पनि मिलाउने जनाएको छ । हाल महिला शिक्षकले ९८ दिन प्रसूति बिदा पाउँछन् ।

    महासंघले स्थानीय तहले पूर्वाग्रही ढंगबाट गरेको शिक्षक तथा कर्मचारी सरुवा तथा पदस्थापना बदर गराउन सम्बन्धित स्थानीय तहलाई परिपत्र गर्ने भएको छ ।

    महासंघले शिक्षकको सिकाइ उपलब्धिलाई कार्यसम्पादन स्तरसँग जोड्न माग गरेको छ । वर्तमान सिकाइ उपलब्धिलाई आधारका रूपमा मानी त्यसको प्रतिवर्ष औषतमा ७ प्रतिशत सिकाइ उपलब्धिमा सुधार गरी पाँच वर्षमा विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि ७० प्रतिशत पु¥याइने बताइएको छ ।

    शिक्षक महासंघले आगामी आर्थिक वर्षबाट तिनै तहमा गरी शिक्षामा २० प्रतिशत बजेट सुनिश्चित गर्ने व्यवस्था मिलाउनुपर्ने र कोभिडको कारणले भएको शैक्षिक क्षति न्यूनीकरण गर्न बजेटसहितको थप कार्यक्रमको प्रबन्ध गर्नुपर्ने माग राखेको छ । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij