मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पाठ्यक्रममा भागवत गीता समावेश गर्दै सरकार


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/4068
    चैत ९, २०७८ बुधबार
    पाठ्यक्रममा भागवत गीता समावेश गर्दै सरकार

    गुजरात सरकारले नयाँ शैक्षिक सत्रबाट माध्यमिक र उच्च माध्यमिक तहहरुमा पाठ्यक्रममा भागवत गीतालाई राख्ने निर्णय गरेको छ । गुजरात सरकारको यो निर्णयले आउने दिनहरुमा विवाद उत्पन्न हुन सक्ने जानकारहरुले चेतावनी दिएका छन् ।

    यस विषयमा भारतका केन्द्रीय मन्त्री प्रह्लाद जोशीले गुजरातले जस्तै अन्य राज्यले पनि यसलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

    'भागवत गीताले हामीलाई नैतिकता सिकाउँछ। यसले समाज कल्याणका लागि हाम्रो कर्तव्य बारे सिकाउँछ । यसमा धेरै नैतिक कुराहरु छन् जसले हाम्रा विद्यार्थीहरुलाई प्रेरित गर्न सक्छ। हरेक राज्यले यो निर्णयको बारेमा सोच्नुपर्छ,' जोशीले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

    गुजरातपछि कर्नाटक पनि गीतालाई पाठ्यक्रममा राख्नेबारे सोचिरहेको छ ।

    इकोनमिक्स टाइम्सको एक रिपोर्टका अनुसार कर्नाटकका शिक्षा मन्त्री बीसी नागेशले मुख्यमन्त्रीसँग यस विषयमा चर्चा भइरहेको बताएका छन् ।

    यसअघि गुजरातका शिक्षामन्त्री जीतु बाघानीले राज्य विधानसभामा शिक्षा बजेट पेश गर्दै यो महत्वपूर्ण घोषणा गरेका थिए । जसमा अंग्रजीलाई पहिलो कक्षाबाटै अध्यापन गराउने र दोस्रो कक्षा ६ भन्दा माथि गीतालाई पाठ्यक्रमको हिस्सा बनाउने उल्लेख थियो । गुजरात सरकारको निर्णय अनुसार पाठ्यक्रममा गीताको श्लोक र पाठलाई पनि स्थान दिइनेछ ।

    माध्यमिक र उच्च माध्यमिक विद्यालयमा चरणबद्ध हिसाबले गीता पढाइने गुजरातका शिक्षा सचिव विनोद रावले इन्डियन एक्सप्रेसलाई बताएका छन् । उनका अनुसार गीतालाई छुट्टै विषय नबनाएर अन्य विषयहरुमा यसको पाठ जोडिनेछ ।

    अर्कोतर्फ सरकारको यो निर्णयले विवाद बढ्ने आशंका पनि त्यतिकै गरिएको छ ।

    सरकारको निर्णयले बालबालिकामा पर्ने प्रभावबारे शिक्षाविद प्रफुल गढ्वीले भनेका छन्: बालबालिकालाई गीताको श्लोक पढाउनमा केही गलत छैन । तर, यसले विवाद सिर्जना गर्न सक्छ, जसले बालबालिकामा नकारात्मक असर गर्छ । उनको संकेत खास गरी अन्य धर्ममान्ने बालबालिकातर्फ थियो ।

    'यो विवादले बालबालिकामा धर्मलाई लिएर भ्रमको स्थिति सिर्जना हुन सक्छ । यदि बाल्यकालमै उनीहरुमाथि धर्मिकताको विउ रोप्ने हो भने हुन सक्छ उनीहरु भारतीय बन्नुको सट्टा हिन्दु, मुस्लिम, इसाइ वा जैन बन्नेबारेमा सोच्न थाल्नेछन्' उनले भनेका छन् ।

    गुजरातको शिक्षा विभागले गीतालाई कसरी पाठ्यक्रममा सम्मेलित गर्नेछ भन्ने बारे बीबीसी गुजरातीले शिक्षामन्त्री जीतू बाघानीसँग कुराकानी गरेको थियो । '६ देखि ८ कक्षासम्म गीताको कथाहरु पढाइने छ । ९ देखि १२ सम्म पाठ्यपुस्तककै रुपमा पढाइनेछ,' उनले भने । वाघानीले भारतीय संस्कृति र नैतिकताको विकासका लागि यो निर्णय लिएको बताए ।

    सरकारको यो निर्णयलाई गुजराजको प्रमुख विपक्षी भारतीय कांग्रेसले आलोचना गरेको छ ।

    'गीतालाई पाठ्यक्रममा समावेश गर्नु गलत छैन । तर, नैतिकता सिकाउने नाममा भाजपा ठग्न खोजिरहेको छ,' पार्टीका प्रवक्ता हेमंग रावलले भनेका छन् ।

    शिक्षाविद हसमुख क्रिश्चियनले भाजपाले पाठ्यक्रममा धर्मलाई राखेर विद्यार्थीमाथि प्रयोग गरेको तर्क गर्छन् । उनी प्रश्न गर्छन् : के अहिलेसम्म बालबालिकालाई नैतिकता सिकाइएको थिएन ?

    प्रफुल गड्वी धर्म प्रचारको हिसाबले कुनै एक धर्मको शिक्षालाई शिक्षा प्रणालीमा जोड्नु असंवैधानिक हुने दाबी गर्छन् ।

    'यदि बालबालिकाको पढाइमा भागवत गीतालाई जोड्ने हो भने अरु धर्मका मानिसहरुले विरोध गर्न सक्छन्, या आफ्नो धर्मलाई जोड्न माग गर्न सक्छन् । मानिसहरु यसको विरुद्ध अदालत जान सक्छन् जसको प्रत्यक्ष असर बालबालिकाको पढाइमा पर्नेछ' उनी तर्क गर्छन् । भारत धर्मनिरपेक्ष राष्ट्र भएकाले बाह्य दबाब पनि त्यतिकै पर्ने उनको बुझाइ छ ।

    अहमदाबाद स्कुल बोर्डका पूर्व सदस्य इलियास कुरैसी भागवत गीता सिकाउनेमा आफ्नो कुनै आपत्ति नभए पनि अरु धर्मका बारेमा पनि पढाउनुपर्ने तर्क राख्छन् । उनको आशय छ: गीतामा जे कुरा सिकाइन्छ, त्यही कुरा कुरान, बाइबल या गुरुग्रन्थ साहिबमा पनि सिकाइन्छ ।

    असउद्दिन ओवैशीको पार्टी एआईएमआईएमको अहमदाबादको कर्पोरेटर जैनब शेख पनि गीतासँग अन्य धर्मको बारे पनि सिकाउनु पर्ने बताउँछन् ।

    यी दुबैको आरोप छ: गीता पढाएर बालबालिकाको मनमा हिन्दुधर्मको छवि सबैभन्दा राम्रो बनाउने प्रयास गरिएको छ । तर, अहमदाबाद एजुकेसन ग्रुपका सल्लाहकार जंकृत आचार्य यसमा असहमत छन् ।

    'शिक्षा विभाग ढिला गरेर जागेको छ । उनीहरुले पहिल्यै गीतालाई सिलेबसमा राख्नुपर्थ्यो,' आलोचकहरुलाई जवाफ दिँदै उनले भनेका छन्, 'मानिसहरुले यसलाई धार्मिक ग्रन्थका रुपमा मान्नु भन्दा गैरसाम्प्रदायिक ग्रन्थका रुपमा हेर्न आवश्यक छ । ताकि बालबालिकाहरुले यसबाट राम्रो शिक्षा लिन सकुन् ।'

    बीबीसी हिन्दीबाट 

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij