मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा ऐन संशोधन : अब एसइई कम उमेरकाले पनि दिन पाइने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/4109
    चैत १४, २०७८ सोमबार
    शिक्षा ऐन संशोधन : अब एसइई कम उमेरकाले पनि दिन पाइने

    काठमाडौं । यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ ।

    जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन् । 

    साना उमेरका विद्यार्थीमा पनि क्षमता छ भने उसले कक्षा १० मा एसइई दिन पाउने व्यवस्था मन्त्रालयले गरेको प्रवक्ता दिपक शर्माले जनाए । उमेरकै कारण कुनै विद्यार्थीको एसइई परीक्षा रोकिने छैन ।

    यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो । ५ वर्षको विद्यार्थी कक्षा १ मा भर्ना हुने सरकारी व्यवस्थाका कारण १४ वर्ष उमेर पुगेकाले मात्र एसएलसी दिन पाउने व्यवस्था विगतमा शिक्षा ऐनमा  थियो तर हाल कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो । तर शिक्षा ऐनमा २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए ।

    यो व्यवस्थाले धेरै विद्यार्थीलाई समस्या पारेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हदको व्यवस्था हटाएको प्रवक्ता शर्मा  बताउँछन् ।

    उनका अनुसार मन्त्रालयले  शिक्षा ऐनको दफा २ को खण्ड (घ) र (छ), शिक्षा नियमावली २०४९ को नियम ७८ को उपनियम ८२ मा संंशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो ।

    ‘विगतमा कक्षा १० मा एसएलसी हुन्थ्यो र कक्षा १० मा १४ वर्ष पुगेकाले मात्र एसएलसी दिन पाउने शिक्षा ऐनमै व्यवस्था थियो,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘तर अबको एसएलसी कक्षा १२ मा हुने भयो । त्यही भएर मन्त्रालयले ऐन संशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो ।’

    उनले थपे, ‘अब नयाँ मापदण्ड बनाएर सोही अनुसारको प्रक्रिया कक्षा १२ मा  अघि बढ्ने हो तर आगामी एसइईमा उमेरको हदबन्दी लाग्दैन ।’

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईमा १४ वर्षको उमेर हदका कारण धेरै विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनुपर्ने, परीक्षा दिए पनि नतीजा विथहोल्डमा राखिने र पछि उमेर बढाएर ल्याउनुपर्ने अवस्थाले चुनौती थपिदिएको कारण आगामी एसइईमा उमेरको थ्रेस होल्ड हटाइएको जनाए । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij