मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

स्थायी शिक्षकको परीक्षा आजबाट : निमावि, प्रावि र खुला तहको परीक्षा कहिले ?


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/4113
    चैत १५, २०७८ मंगलबार
    स्थायी शिक्षकको परीक्षा आजबाट : निमावि, प्रावि र खुला तहको परीक्षा कहिले ?

    काठमाडौं । शिक्षक सेवा आयोगको १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

    परीक्षाको सबै तयारी भइसकेको जनाएको छ । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने नियम बनाएको छ । आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ ।

    आयोगका अनुसार आज मावि, पर्सि १७ गते बिहीबार निम्न माध्यामिक र १९ गते शनिबार प्राथमिक र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दै छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij