मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थीको डरलाग्दो सेटिङ : ५ देखि १८ लाखसम्म ‘डिल’


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/4247
    चैत २२, २०७८ मंगलबार
    एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थीको डरलाग्दो सेटिङ : ५ देखि १८ लाखसम्म ‘डिल’

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।

    गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।

    महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।

    ‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले भने ।

    उनका अनुसार फुल स्कलरसिपमा नाम निकाल्दा १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको छ । यसैगरी, पेइङमा नाम निस्केको अवस्थामा सोहीअनुसार रकम लिने तथा पास मात्रै भएमासमेत रकम तोकेरै डिल गर्ने गरेको पाइएको छ । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij