मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट किन ?


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/4249
    चैत २२, २०७८ मंगलबार
    कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट किन ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ ।

    बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो ।

    बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ ।

    रापबोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सोमबार नेपाल समाचारपत्रसँग कुरा गर्दै खर्च कटौती गर्दै परीक्षालाई व्यवस्थित गर्न अनलाइनमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरिएको जानकारी दिए ।

    उनले भने– ‘विगत वर्षको अनुभवलाई कार्यान्वयन गर्न सबै केन्द्रमा अनिवार्य रूपमा अनलाइन प्रश्नपत्र पठाउने निर्णय गरेका हौं ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij