मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द भए किन ?


  • 2.9K
    SHARES
  • https://indrenipost.com/posts/4265
    चैत २५, २०७८ शुक्रबार
    चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द भए किन ?

    काठमाडौं । जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो ।

    वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन् ।

    यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका सरकारी विद्यालय शाखा प्रमुख मोतिप्रसाद भट्टराईले बताए ।

    काठमाडौं महानगरपालिकाभित्र मात्र होइन, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २०७४ सालपछि देशभरिमा गरी ७ सय २९ विद्यालय बन्द भएका छन् । 

    शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियान सञ्चालन भएसँगै देशमा सरकारी विद्यालय खुल्न थाले । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij