मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

चिकित्सा शिक्षा आयोगबारे राज्य प्रष्ट हुन सकेन : पूर्वमन्त्री पौडेल


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/4562
    भदौ २१, २०८० बिहीबार
    चिकित्सा शिक्षा आयोगबारे राज्य प्रष्ट हुन सकेन : पूर्वमन्त्री पौडेल

    काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन नसकेको टिप्पणी गरेका छन् ।

    बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले आयोगका कामबारे सरकार गम्भीर भएर निकास दिनुपर्ने बताए ।

    उनले भने, ‘चिकित्सा शिक्षाको बारेमा राज्यले निकास त दिनुपर्‍याे । सरकार को हो ? सरकार त चिकित्सा शिक्षा आयोग पनि हो, शिक्षा मन्त्रालय पनि हो । चिकित्सा शिक्षा आयोगमा शिक्षा मन्त्रालय जोडिएको छ । प्रधामन्त्री आफैं त्यसको प्रमुख हुनुहुन्छ । निकास नदिएर उहाँहरू कहिले मन्त्रालयमा जाने कहिले धर्नामा जाने । यसलाई समाधान गर्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # देवेन्द्र पौडेल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij