मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा

५ वर्षमा ९४० विद्यालय बन्द भए किन ?


  • 793
    SHARES
  • https://indrenipost.com/posts/4699
    कात्तिक १, २०८० बुधबार
    ५ वर्षमा ९४० विद्यालय बन्द भए किन ?

    काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका नौ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् । 

    केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार यस अवधिमा केही विद्यालय मर्ज भएका छन् । मर्ज गर्दा पनि एउटा विद्यालयको अस्तित्व मेटिने नै हो । 

    स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विद्यालयको गुणस्तर कायम गर्न नक्सांकन गरी प्रतिस्पर्धामा जान नसकेकालाई बन्द गर्न सक्ने अधिकार नियमले दिएको छ । उनका अनुसार सबैभन्दा धेरै अछाममा १२ वटा विद्यालय बन्द भएका छन् ।

    निर्देशक पौडेलले देशभरिका कुल ३६ हजार ३२ वटा विद्यालय सञ्चालनमा रहेको जानकारी दिए । त्यसमध्ये एक हजार तीन सय १६ धार्मिक प्रकृतिका र सात हजार तीन सय ७३ निजी विद्यालय छन् । 

    उनका अनुसार सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर्न स्थानीयले पहल गरिरहेका छन् । सरकारले चालु शैक्षिक वर्षदेखि भौतिक सर्वेक्षण र नक्सांकन कार्यक्रम तय गरेको छ । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij