काठमाडौं । शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाइदिन अनुरोध गरेका छन् ।
संसद्को शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री राईले विधेयकलाई चाँडो टुंगो लगाइदिन अनुरोध गरेका हुन् ।
संसदमा दर्ता भएको लामो समयपछि दफावार छलफलका लागि समितिमा पेस भएको थियो ।
समितिमा आइतबार पहिलो पटक दफावार छलफल सुरू भएको छ ।
छलफलको क्रममा बोल्दै मन्त्री राईले चौतर्फी चासो र चिन्ताको विषय रहेको यो विधेयक समितिले चाँडो टुंगामा पुर्याइदिनुपर्ने बताएका हुन् । दफावार छलफल नियमित होस् भन्ने मेरो चाहना हो ।
त्यसमा समयको लागि मन्त्रालयले मिलाउँछ । मेरो चाहना चाँडो विधेयक टुंगोमा पुर्याइदिनु अनुरोध छ, मन्त्री राईले भने ।