मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह


  • 649
    SHARES
  • https://indrenipost.com/posts/5772
    पुष १२, २०८० बिहीबार
    उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

    उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् ।

    आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।

    उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णयसार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

    प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसीएनए) का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गरेका हुन् ।

    उनले वासिङ्टनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको पनि बताए ।

    सियोल, टोकियो र वासिङ्टनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृङ्खलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij