मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण


  • 532
    SHARES
  • https://indrenipost.com/posts/5789
    पुष १३, २०८० शुक्रबार
    युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

    रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

    युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो । कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ ।

    युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन् ।

    खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, शत्रुले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त सहरमा आक्रमण गरेका छन् । खार्किभमा १० वटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन् ।

    सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij