मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

नेतान्याहुद्वारा गाजा युद्धमा इजराइलको अद्वितीय ‘नैतिकता’को बचाउ


  • 505
    SHARES
  • https://indrenipost.com/posts/5824
    पुष १५, २०८० आइतबार
    नेतान्याहुद्वारा गाजा युद्धमा इजराइलको अद्वितीय ‘नैतिकता’को बचाउ

    इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलले गाजा युद्धमा अद्वितीय ‘नैतिकता’ प्रदर्शन गरेको आइतबार बताएका छन् ।

    प्यालेस्टिनी क्षेत्रमा ‘नरसंहार’ कृत्य गरिरहेको भन्ने दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गर्दै उहाँले सो कुरा बताएका हुन् ।

    तेलअविवमा क्याबिनेट बैठकमा उनले भने, हामी आफ्नो रक्षात्मक युद्ध जारी राख्नेछाँ, जसको न्याय र नैतिकता अद्वितीय छ ।

    उनको उक्त टिप्पणी दक्षिण अफ्रिकाले शुक्रबार अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इजराइलविरुद्ध गाजामा ‘नरसंहार’ कृत्य गरेको भन्दै मुद्दा दायर गरेपछि आएको हो ।

    होइन, दक्षिण अफ्रिका, नरसंहार गर्न हामी आएका होइनौँ, यो हमास हो, नेतान्याहुले भने, सम्भव भयो भने हमासले हामी सबैको हत्या गर्नेछ, यसको विपरीत आइडिएफ (इजराइली सेना) ले सकेसम्म नैतिकरूपमा काम गरिरहेको छ ।

    अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले दक्षिणी इजराइलमा अभूतपूर्व हमला गरेपछि इजराइलले गाजापट्टीमा हमासविरुद्ध लगातार सैन्य कारबाही सञ्चालन गरेको छ ।

    इजराइली आँकडामा आधारित एएफपीको रिपोर्टअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० जनाको ज्यान गएको छ ।

    हमास शासित गाजामा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित २१ हजार आठसयभन्दा बढीको ज्यान गएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij