मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक कमाण्डरकाे मृत्यु


  • 487
    SHARES
  • https://indrenipost.com/posts/5860
    पुष १८, २०८० बुधबार
    इजरायली ड्रोन आक्रमणमा परी हमासका एक कमाण्डरकाे मृत्यु

    काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।

    तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी मिडियामा आएका खबरको जवाफ नदिने बताएको रोयटर्सले जनाएको छ ।

    हमासले भने एल-अक्सा रेडियोमार्फत् अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल-शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् ।

    बेरुतमा मारिएका सालेह अल अरुरी हमासको पोलिट व्युरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । अरुरीमाथि अमेरिकाले पाँच मिलियन डलर इनाम घोषणा गरेको थियो ।

    उनी हमासको सैन्य विङ्ग र कासिम बि्रगेडको संस्थापकमध्येका एक हुन् । यही कासिम बि्रगेडले गत ७ अक्टुबरमा इजरायलमा भिषण आक्रमण गरेको थियो । त्यसै दिनदेखि इजरायलले हमासलाई समाप्त पार्ने भन्दै सैन्य कारबाही जारी राखेको छ ।


    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij