मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा

राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला


  • 568
    SHARES
  • https://indrenipost.com/posts/5876
    पुष १९, २०८० बिहीबार
    राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताउनुभएको छ ।

    सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोडदिए । 

    हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ, उनले भने ।

    नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

    उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

    उनले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताए ।

    के कुरामा विद्यार्थीको लगाव छ र राष्ट्रले के चाहेको छ सोहीअनुसारको शिक्षा प्रदान गर्नुपर्छ, उनले भने ।

    नेता डा.कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तीनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरे । 

    जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उनको भनाइ थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij