मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिए


  • 487
    SHARES
  • https://indrenipost.com/posts/5898
    पुष २३, २०८० सोमबार
    मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिए

    मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिएका छन् ।

    अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल-शबाब लडाकूहरूलाई मारेको छ भने थुप्रै घाइते बनाएको छ ।

    एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल-कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएका अल-शबाबका वरिष्ठ कमाण्डरहरू पनि रहेको बताए ।

    सैन्य आक्रमणले अल-शबाब अड्डाहरू र सवारी साधनहरू ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुहरूलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ ।

    सरकारविरुद्ध लडिरहेको अल-शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ ।

    चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण भने जारी राखेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij