१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन् ।
शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन् ।
उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ ।
देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीले भने यो निर्वाचन बहिष्कार गरेका छन् ।
यस कारण बाँकी सिट पनि शेख हसिनाको पार्टी र उसका सहयोगीले जित्ने अपेक्षा गरिएको छ.।
बीएनपीले मतदान देखावटी मात्र भएको आरोप लगाएको छ ।
आइतबारको नतिजा बीएनपीका नेता र उनीहरूका समर्थकको सामूहिक गिरफ्तारीपछि आएको हो ।
निर्वाचनको नतिजा आज औपचारिक रूपमा घोषणा हुने बताइएको छ ।