काठमाडौं । कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आइतबार सात प्यालेस्टाइनीको मृत्यु भएको छ ।
आक्रमणमा एक इजरायली प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।
यसैबीच, इजरायली सेनाले ड्रोन हमलाको फुटेज जारी गर्दै मारिने कम्तीमा ६ जना आतंककारी भएको जनाएको छ ।
इजरायली सेनाले शनिबार र आइतबारको बीचमा रातभर जेनिनमा छापा मार्दा स्थानीय युवासँग झडप भएको थियो ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि पश्चिम किनारामा हिंसा बढेको छ ।