मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

बस र ट्रक दुर्घटना, २५ जनाको मृत्यु


  • 415
    SHARES
  • https://indrenipost.com/posts/5925
    पुष २४, २०८० मंगलबार
    बस र ट्रक दुर्घटना, २५ जनाको मृत्यु

    उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।

    बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्निनियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन् ।

    ब्राजिलियाली प्रेस रिपोर्टअनुसार आइतबार राति भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनाको कारण अहिलेसम्म थाहा भएको छैन ।

    अग्निनियन्त्रकहरूले पीडितहरूको शव पहिचानका लागि प्रहरीलाई जिम्मा दिएका छन् । दुर्घटना भएको स्थान नजिकैको सहर ज्याकोबिनाका मेयर कार्यालयले सोमबार तीन दिनको आधिकारिक शोक घोषणा गरेको छ र पीडितहरूका लागि ‘सामूहिक शोक’ को तयारी गरिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij