बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

अर्थतन्त्र

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि


  • 964
    SHARES
  • https://indrenipost.com/posts/6194
    माघ १३, २०८० शनिबार
    वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

    काठमाडौं । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०÷८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ ।

    जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो । राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ ।

    मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन् ।

    उक्त वस्तुबाट गत आवको पुुस मसान्तसम्म रु ६६ अर्ब ५६ करोड (कूल राजस्वको ३५ दशमलव चार प्रतिशत) राजस्व सङ्कलन भएकामा यस आवको पुस मसान्तसम्म रु ८२ अर्ब ७८ करोड (कूल राजस्वको ४१ दशमलव चार प्रतिशत) सङ्कलन भएको छ ।

    गत आवको तुलनामा सो राजस्व २४ दशमलव चार प्रतिशतले बढी हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij