दोस्रोपटक अफगानिस्तानको सत्तामा पुगेको तालिबानले शरिया कानुन कसरी लागू गर्छ भन्ने कुराको झलक शनिबार देखिएको छ । तालिबानका नेताले शरिया कानुनबारे जानकारी गराउन शनिबार काबुल विश्वविद्यालयमा कार्यक्रम आयोजना गरेको हो ।
जसमा विश्वविद्यालय पढ्ने ३ सय युवती सहभागी थिए । कार्यक्रममा विशेष कुरा के थियो भने सबै युवतीको अनुहार बुर्काले ढाकिएको थियो । युवतीलाई शरिया कानुन मान्ने शपथ पनि खुवाइएको थियो । यस क्रममा हरके युवतीले हातमा तालिबानको झन्डा लिएका थिए । तालिबानले आफ्नो शासनमा महिलाका लागि विशेष किसिमको पोसाक व्यवस्था गरेको छ ।
यसअघि कलेज तथा विश्वविद्यालयमा पनि पढाइ सुरु गर्दा केटा र केटीलई अलग अलग राखिएको थियो ।