सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

लगानी सम्मेलन

लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार


  • 622
    SHARES
  • https://indrenipost.com/posts/7782
    बैशाख ११, २०८१ मंगलबार
    लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार

    काठमाडौं– लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार पारेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलवार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रश्तुतीका लागि १४८ वटा परियोजना प्रश्ताव तयार पारिएको जानकारी गराएको हो ।

    यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदैछ । निजी क्षेत्रलाई समेत प्राथमिकता दिएर तयार पारिएको सो प्रश्ताव बोर्ड बैठकमा पेश गरिएको बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । 

    उनका अनुसार त्यसमा केही परियोजनाहरु छुटेको तय थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका थिए । त्यसैगरी बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानी सम्बन्धि प्रश्ताव पनि स्वीकृत गरेको छ । बिना स्वीकृति थप लगानी भित्रिएकाले थपिएको अन्योलतालाई चिर्ने काम बोर्ड बैठकले गरेको पनि बोर्डका प्रवक्ता उपाध्यायले बताए ।

    ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रश्ताव ल्याएको थियो । त्यसमा लगानी गर्नु अघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी डाबर नेपाल प्राईभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रोडक्टलाई पनि थप्ने भन्ने प्रश्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

    बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले सरकारले लगानीका लागि आवश्यक कानूनी व्यवस्था गर्दै लगेको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरेको लगानी बोर्डले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij