बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

सिँचाइका क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9757
    साउन २१, २०८२ बुधबार
    सिँचाइका क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु

    बनियानी झापा, २१ साउनः झापाको गौरादह नगरपालिका–४ जोरघरेमा गए राति सिँचाइको क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट प्रवाह भई ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
    प्रहरीका अनुसार चन्द्रमायालाई खेतमा लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि तुरुन्तै गाउँलेहरूलाई खबर गरेका थिए । तर, उद्धार हुनुअघि नै उनको मृत्यु भइसकेको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
    यसअघि पनि झापाको बुद्धशान्तिमा सिँचाइका क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो । यसरी सिँचाइका क्रममा पटक–पटक ज्यान जाने घटनाले गाउँमा चिन्ता बढेको छ । विद्युत् सुरक्षामा सचेतना र सावधानी अपनाउन स्थानीयवासीले माग गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij