मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै 


  • 514
    SHARES
  • https://indrenipost.com/posts/8229
    फागुन २२, २०८१ बिहीबार
    वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै 

    काठमाडौं ।  पर्साको वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

    कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरू  उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिरहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए ।उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप  पनि बनाउने उनको भनाइ छ ।

    ‘कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ’, उनले भने ।कम्पनीमा हाल  तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।  गत आर्थिक वर्ष ९आव०मा एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij