मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजावादीको आन्दोलनकै कारण शनिबार भक्तपुरमा ट्रायल नहुने  


  • 208
    SHARES
  • https://indrenipost.com/posts/8503
    चैत १४, २०८१ बिहीबार
    राजावादीको आन्दोलनकै कारण शनिबार भक्तपुरमा ट्रायल नहुने  

    काठमाडौं । सवारी साधनको लाइसेन्सका लागि भोलि भक्तपुरको राधेराधेमा प्रयोगात्मक (ट्रायल) नहुने भएको छ । भोलि राजावादी शक्ति प्रदर्शनका कारण सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै ट्रायल रोकिएको हो ।

    कार्यालयले सूचना निकालेर यसबारे जानकारी दिएको छ । उता गणतन्त्रवादी शक्तिले समेत भृकुटिमण्डपमा सभा गर्ने भएका छन् ।  ‘यस कार्यालयवाट जारी हुने सवारी चालक अनुमति पत्रको लागि मिति २०८१ साल चैत १५ गते शुक्रवार सञ्चालन हुने भनिएको ए, के, बी जे१, जे२, जे४ र १३ को परीक्षा विशेष कारणले सञ्चालन हुन नसक्ने भएको छ । उक्त दिनलाई तोकिएको प्रयोगात्मक परीक्षा चैत १७ र १८ गते हुने छ,’ सूचनामा उल्लेख छ ।

     

    यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरका सूचना अधिकारी जीवनकुमार बस्नेतले भोलि भोलि हुने आन्दोलनका कारण ट्रायल रोकिएको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij