मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता, भोलि सुनुवाइ हुने

  • 235
    SHARES
  • https://indrenipost.com/posts/8507
    चैत १४, २०८१ बिहीबार
    कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता, भोलि सुनुवाइ हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै उनले बिहीवार रिट दर्ता गराएका हुन् ।

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

    अदालतले उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ शुक्रवार हुने बताएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij