शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

इमाडोलमा कर्मनाशा खोलाको बगर नै बिक्री गरेको खुलासा, ८ जना पक्राउ

  • 343
    SHARES
  • https://indrenipost.com/posts/8508
    चैत १४, २०८१ बिहीबार
    इमाडोलमा कर्मनाशा खोलाको बगर नै बिक्री गरेको खुलासा, ८ जना पक्राउ

    काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल क्षेत्रमा कर्मनाशा खोलाको किनार दर्ता गरेर बिक्री गरिएको खुलासा भएको छ।

    सरकारी कागजात किर्ते गरी वास्तविक क्षेत्रफलभन्दा बढी देखाएर कारोबार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

    अनुसन्धानका क्रममा, ५ आना क्षेत्रफल भएको जग्गालाई मालपोत तथा नापी कार्यालयमा मिलेमतो गरी १ रोपनी १५ आना भन्दा बढी कायम गरिएको भेटिएको छ।

    कागजात हेरफेर गर्दै सरकारी अभिलेखमा जग्गाको क्षेत्रफल बढाइएपछि पटक–पटक कारोबार गरिएको पाइएको छ। सुरुमा ठेचो निवासी एक व्यक्तिको नाममा नामसारी गरिएपछि उक्त जग्गा पुनः किनबेच गरिएको प्रहरीको निष्कर्ष छ।

    यस घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन रहेका छन्।

    प्रहरीले १० दिनअघि नै उनीहरूलाई नियन्त्रणमा लिई किर्ते अभियोगमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij