बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

भारतले थप ६०० मेगावाट विद्युत दिने सहमति

  • 172
    SHARES
  • https://indrenipost.com/posts/8509
    चैत १४, २०८१ बिहीबार
    भारतले थप ६०० मेगावाट विद्युत दिने सहमति

    काठमाडौं । भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ।

    इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो।

    उक्त विद्युत ढल्केवर(मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको हो। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा एक हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो।

    ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री आरजु राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको मन्त्रालयको दाबी छ।

    नेपालमा सुख्खायाममा हुने विद्युत समस्याको समाधानका लागि भारत सरकारसँग थप विद्युत माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए।

    ‘नेपाली जनतालाई २४ सै घण्टा विद्युत दिन सरकार प्रतिबद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौं,’ उनले भने।

    हाल उद्योगहरूमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij