मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

तीनकुनेमा प्रहरी र राजावादी बिच झडप, निजी घरमा आगजनी र तोडफोड

  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8518
    चैत १५, २०८१ शुक्रबार
    तीनकुनेमा प्रहरी र राजावादी बिच झडप, निजी घरमा आगजनी र तोडफोड

    काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो 'संयुक्त जनआन्दोलन समिति' का 'जनकमान्डर' दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको छ।

    सो प्रदर्शनका क्रममा प्रदर्शनकारीले निजी घरमा तोडफोड र आगजनी गरेका छन्।

    राजसंस्था पुनर्स्थापनका लागि प्रदर्शनमा आएकाहरूले निजी घरमा आगजनी र तोडफोड गरेको प्रहरीको भनाइ छ।

    ती घरमा बसेर प्रहरीले अश्रुग्यास हानेको प्रदर्शनकारीको आरोप छ। तर प्रहरीले ती घरमा बसेर अश्रुग्यास प्रहार नगरेको दाबी गरेको छ।

    राजसंस्था पुनर्स्थापना पक्षधरले तीनकुने क्षेत्रका तीन वटा निजी घरमा तोडफोड गरेका हुन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij