मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

को हुन् राजावादीको प्रदर्शनमा पेस्तोल निकाल्ने व्यक्ति ?

  • 235
    SHARES
  • https://indrenipost.com/posts/8525
    चैत १६, २०८१ शनिबार
    को हुन् राजावादीको प्रदर्शनमा पेस्तोल निकाल्ने व्यक्ति  ?

    काठमाडौं । तिनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्यापती बनेका छन्। 

    कोटेश्वरको एउटा भिडिओ भने भाइरल छ। एक जना पुरूषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरूषहरूले लाठी बोकेको भिडिओ भाइरल बनेको छ।

    ती व्यक्तिहरू को हुन् र प्रहरीले पक्राउ गर्‍यो कि गरेन भन्ने चासो छ। यद्यपि उनीहरू प्रदर्शनकारी नभइ प्रहरी नै भएको खुलेको छ।

    उनीहरू कोटेश्वरमै रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी रहेको खुलेको हो। ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीको टोली अपरेशनबाट फर्किंदै थियो।

    त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो। एसपी अधिकारीका अनुसार भित्र पसेका प्रदर्शनकारीले गाडी रोकेका थिए। 

    ‘टोली अपरेशनबाट फर्किएको थियो। अफिस फर्कँदै गर्दा प्रदर्शनकारीहरूले रोके। हाम्रो ब्युरोका अधिकारीहरू सिभिलमा खटिन्छन्,’ उनले भने।

    ती प्रहरीहरूले प्रदर्शनकारीहरूलाई रोक्न खोजेका थिए, तर रोकिएनन्। केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी समेत गरेका थिए।

    ‘आफ्नो सुरक्षाका लागि भनेर पेस्तोल निकालेका हुन्। ती अधिकारीले फायर भने खोलेका थिएनन्,’ उनले भने।

    राजावादीको प्रदर्शनमा थुप्रै सवारीसाधनहरूमा आगजनी भएका थिए।

    उनीहरूले बालकुमारीमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, जडिबुटी औषधी प्रशोधन केन्द्रका आठ वटा गाडीहरू जलाएका थिए।

    प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न १०५ जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ।

    उनीहरूमाथि के कस्तो मुद्दा चलाउने भन्नेबारे प्रहरीले छलफल गरिरहेको छ।

    प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्। राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल लगायत पक्राउ परिसकेका छन्। 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij