मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

चैत्र १७ गते आईतबारको तपाईको दैनिक राशिफल

  • 244
    SHARES
  • https://indrenipost.com/posts/8529
    चैत १७, २०८१ आइतबार
    चैत्र १७ गते आईतबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं २०८१ चैत्र १७ गते आईतबार ई.सं २०२५ मार्च ३० नेपाल सम्बत ११४५ चिल्लाथ्व पारू नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ०६ बजेर २० मिनेटमा हुनेछ ।

    मेष राशि : मेहनत खेर नजाने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहने योग छ । आर्थिक काम बन्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिएला । नयाँ आयस्रोत प्राप्त हुने योग छ । अनुकूलता वृद्धि हुनेछ ।

    बृष राशि : उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय भएपनि अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पर्न सकिने सम्भावना छ । व्यक्तिगत स्वतन्त्रतामा बाधा पर्नसक्ने हुँदा प्रलोभनबाट बच्नु हितकर होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्चवृद्धिको योग छ । पारिवारिक सुख वृद्धि र उत्साह बढ्नेछ ।

    मीथुन राशि : उत्साहजनक समाचारले हर्ष बढाउला । समझदारी वृद्धि हुनेछ । तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने देखिन्छ । चिताएको काम पूरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्य सफल रहनेछ ।

    कर्कट राशि : सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ । दौडधुप केही बढ्ला । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि : विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा पनि लाभ मिल्ने योग छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । दाम्पत्य सुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुखशांति बढ्नुको साथै सन्तानपक्षबाट सुख मिल्ला ।

    कन्या राशि : निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । साथीभाइबाट धोका मिल्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने देखिन्छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । आजको दिन गोपनीयतामा विशेष ध्यान दिँदै सचेत रहनु हितकर होला । आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि : विभिन्न अवसर मिले पनि नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । प्रतिकुलताका बाबजुद कीर्तिमानी काम सम्पादन हुन सक्ने योग छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । आरोग्यबल बढ्नेछ । कार्यगति बढ्नेछ ।

    बृश्चिक राशि : सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । तपाईंबाट भए–गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने समय छ । ब्यस्तता बढ्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । स्वास्थ्य सबल रहनेछ ।

    धनु राशि : विशेष योजनाहरू बन्ने र एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । नयाँ ज्ञान प्राप्तिको योग छ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइनेछ । समस्याको समाधान मिल्नेछ । मान पुरस्कार प्राप्तिले सुख वृद्धि हुने देखिन्छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथले सुख दिलाउनेछ ।

    मकर राशि : नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । गरिआएको कामलाई भने निरन्तरता दिनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सचेतनाको खाँचो छ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

    कुम्भ राशि : प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । रचनात्मक क्रियाकलापमा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

    मिन राशि : मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । विशेष काममा मातापिताको सहयोग प्राप्त हुनेछ । लगानी केही वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij