मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

बालेनले लगाए पूर्वराजालाई ८ लाख जरिवाना

  • 217
    SHARES
  • https://indrenipost.com/posts/8530
    चैत १७, २०८१ आइतबार
    बालेनले लगाए पूर्वराजालाई ८ लाख जरिवाना

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

    शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

    महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

    कुन शीर्षकमा कति जरिवाना ?

    कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख

    महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख

    तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख

    जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख

    बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख

    सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख

    दमकल तोडफोड रु १ लाख ३० हजार

    तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड रु ६३ हजार

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij