सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

महासभा

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने ?


  • 5.2K
    SHARES
  • https://indrenipost.com/posts/855
    असोज १०, २०७८ आइतबार
    संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने ?

    विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्छन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्छन् जसले विश्व राजनीतिक मञ्चमा तरङ्गसमेत पैदा गर्ने गर्छ । 

    अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा कसले के भने? एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ । कोरोना महामारीको लामो सङ्कटले गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट फरक विचार प्रस्तुत भएका छन् । 

    महासभालाई सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाएकी छन् । ‘आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरू मध्ये धेरैलाई जागिर गुमाउनु परेको छ, तलब कटौती को समस्या बेहोर्नु परेको छ,’ हसिनाले भनिन्, ‘स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन् ।’ 

    त्यसैगरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्वले बालबालिका माथि पर्ने असरलाई विशेषरूपले उठाएका छन् । ‘द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ, हामी हजारौं बच्चाहरूलाई असफलता को बाटोमा डोराइरहेका छौँ । हामी उनीहरूलाई हिंसा, क्रूरता, हानीबाट र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौं । हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौँ,’ अबेलाले सम्बोधनका क्रममा भने ।

    जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिल्ली विश्वभरमा प्रजातन्त्र संकटमा पर्दै गएको विषयलाई महासभामा जोडतोडका साथ उठाएका छन् । ‘अन्तिम पटक जब हामीले संयुक्त राष्ट्र संघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यसमै व्यस्त छन्,’ सम्बोधनका क्रममा जर्जियाका प्रधानमन्त्रीले भने ।

    लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी गरे ।  उनले भने, ‘यदि हामीसँग नै आशा र विश्वास छैन भने जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन् ।’ बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भने, ‘हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हलमा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न यस हलमा कदापि नफर्कौं ।’

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij