बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

बिभिन्न कार्यक्रमका साथ ७४ औँ मदन भण्डारी जन्मजयन्ती मनाइदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/9378
    असार १४, २०८२ शनिबार

    काठमाडौँ, १४ असार । आज तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

    एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालिएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ । कमिटीको आयोजनामा आज ७ः३० बजेदेखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिए । पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी थिए । 

    यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम राखेको छ । अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुनेछ । 

    एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजलाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो । 

    मदन भण्डारी २०४६ सालमा भएको नेकपा मालेको चौथो महाधिवशेन र २०४७ सालमा नेकपा माले र नेकपा माक्सवादी बीच एकता भई नेकपा एमाले पनि महासचिव बनेका थिए। यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिएका थिए। मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । 

    विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएका भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परेका थिए। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij