मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

ड्रोन खसालेको आरोपमा ५ जना प्रहरी नियन्त्रणमा


  • 901
    SHARES
  • https://indrenipost.com/posts/9484
    असार २६, २०८२ बिहीबार
    ड्रोन खसालेको आरोपमा ५ जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ, २६ असारः सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नयाँबानेश्वर बाट नियन्त्रणमा लिएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका –१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुमन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन् । 
    उनले भने, “सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई  जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।”

    यही असार २४ गते बिहान ९ः३० बजे सङ्घीय संसद भवन उडान निशेधित क्षेत्रको दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेशनबाट सो ड्रोनले उडान सुरु गरेको देखिएको प्रहरीले जनाएको छ ।
    कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य  दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij