बागलुङ, १२ भदौ — बागलुङको जैमिनी नगरपालिका–१० राङखानी नाम्दुकमा पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
बागलुङ बजारबाट बरेङ गाउँपालिका–४ बास्कोटतर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको पिकअप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बरेङ गाउँपालिका–१ का चालक रवि थापा, त्यस्तै सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन भरतपुर महानगरपालिका–२६ की ज्योति मगर घाइते भएका छन् ।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल, बागलुङ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।