बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

नागरिकतामा ऐतिहासिक प्रस्थानः आमाको नामबाटै सन्तानले पाउनेछन नागरिकता – गृहमन्त्री लेखक


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/10102
    भदौ १८, २०८२ बुधबार
    नागरिकतामा ऐतिहासिक प्रस्थानः आमाको नामबाटै सन्तानले पाउनेछन नागरिकता – गृहमन्त्री लेखक

    काठमाडौँ, १८ भदौः गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकले आमाको बंश पनि कायम हुने व्यवस्था गरेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत विधेयकबारे जानकारी दिंदै गृहमन्त्री लेखकले संविधानको मर्मअनुसार अब बाबुको पहिचान नभए पनि आमाको नामबाटै सन्तानले नागरिकता पाउने व्यवस्था गरिएको स्पष्ट पारेका छन ।े
    उनले भने, “हामीले ऐतिहासिक कदम चालेका छौँ । आमाकै नागरिकताको आधारमा सन्तानलाई नागरिकता दिने प्रावधान सुनिश्चित गरिएको छ । यो विधेयकको आधारभूत तत्व नै यही हो ।”
    नागरिकता विधेयकले १६ वर्ष पूरा नभएका नाबालकलाई पनि सहजीकरण गर्ने व्यवस्था गरेको छ । बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक भएका नाबालकले वैदेशिक यात्राका लागि नाबालक परिचयपत्र पाउने प्रावधान गरिएको छ ।
    गृहमन्त्री लेखकका अनुसार संविधानले निर्दिष्ट गरेअनुसार कुनै पनि नेपाली नागरिक नागरिकता अधिकारबाट वञ्चित नहुनेछ । उतले स्पष्ट पारे, “नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधान अब पूर्णरूपमा कार्यान्वयन हुनेछ । साथै, आमा वा बाबुले जन्मका आधारमा नागरिकता लिएका भए तिनका सन्तानले अङ्गीकृत नागरिकता पाउने व्यवस्था गरिएको छ ।”
    सामाजिक सन्दर्भमा वैदेशिक रोजगारीमा गएका कारण पहिचानविहीन अवस्थामा रहेका नेपाली महिलाका सन्तानलाई समेत नागरिकताको दायरामा ल्याउने प्रावधान विधेयकमा समेटिएको गृहमन्त्री लेखकको भनाइ छ । यसले नागरिकताविहीन हुँदै आएका थुप्रै सन्तानलाई पहिचान दिने विश्वास व्यक्त गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij