बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु


  • 271
    SHARES
  • https://indrenipost.com/index.php/posts/10105
    भदौ १८, २०८२ बुधबार
    ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु

    बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले दशकौं अगाडिको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूकी श्रीमतीलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन थालेको छ । अबदेखि उनीहरूले मासिक रु २,५०० पाउने भएका छन् ।
    नगरपालिकाले हाल ८ जना महिलालाई भत्ता वितरण सुरु गरिसकेको उपप्रमुख बिना भट्टराईले जानकारी दिइन् । उनले थोरै भए पनि यो सहयोगले बेपत्ताका श्रीमतीलाई घर खर्च धान्न सहज हुने बताइन् ।
    यसअघि द्वन्द्वमा शहीद भएका व्यक्तिका परिवारलाई सरकारले भत्ता दिँदै आएको भए पनि बेपत्ताका परिवारलाई यस्तो सुविधा नपाएको गुनासो थियो । त्यसैले ठाकुरबाबा नगरपालिकाले आफ्नै कार्यविधि बनाएर भत्ता दिने निर्णय गरेको हो ।
    यता बर्दियाकै राजापुर नगरपालिकाले पनि तीन वर्षदेखि बेपत्ताका श्रीमतीलाई मासिक रु २,००० भत्ता दिँदै आएको छ । अब बर्दियाका ८ पालिकामध्ये २ पालिकाले यस्तो व्यवस्था गरेका छन् ।
    नगर प्रमुख तिलकराम लम्सालका अनुसार सरकारले बेपत्ताका परिवारलाई जीविकोपार्जनका लागि कुनै स्पष्ट नीति नल्याएकाले स्थानीय सरकार आफैंले जिम्मा लिनुपरेको हो । उनले केन्द्र सरकारले चाँडै नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
    बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका तथ्यांकअनुसार बर्दियामा मात्र २६१ जनाबारे उजुरी परेको छ भने नेपालभर २६ सयभन्दा बढी बेपत्ता व्यक्तिको उजुरी दर्ता भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij