काठमाडौँ, १५ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालका अनुसार प्रारम्भिक निर्वाचन अनुसार थापालाई प्रस्तावित उम्मेदवारका रूपमा चयन गरिएको हो ।
यसअघि आज नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेटेका थिए ।