बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छः दाहाल


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/10059
    भदौ १५, २०८२ आइतबार
    कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छः दाहाल

    लुम्बिनी, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टबीच फेरि पार्टी एकता आवश्यक रहेको बताएका छन । उनका अनुसार पार्टी विभाजनका कारण आफ्नै पार्टीको मत घटेको छ ।
    आज बुटवलमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकतापछि मूल नेतृत्व माओवादी केन्द्रको हुन नसक्दा एकता कायम राख्न सकिएको नसकेको स्पष्ट गर्नुभयो । “नेतृत्व हाम्रो हुन्थ्यो भने पार्टी विभाजन पनि हुँदैनथ्यो,” उनले भने “समाजवादको यात्रातिर हामी गम्भीर रूपमा अघि बढ्न सक्थ्यौँ, तर मूल नेतृत्व एमाले भएकोले फुट भयो।”
    अध्यक्ष दाहालले माओवादी जनयुद्ध सामन्तवादको विरुद्ध सोचविचार गरेर थालनी गरिएको स्मरण गर्दै वर्तमानमा विरोधीहरूले प्रचार गरेर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको बताए । उनले संसद्मा भएका केही त्रुटिहरू स्थायी समितिको बैठकमा समीक्षा गरी सुधार गरिएको समेत उल्लेख गरे ।
    माओवादी केन्द्रले आफ्नो विचार आक्रामक ढङ्गले अघि बढाउँदा अन्य पार्टीमा ध्रुवीकरण बढ्ने र त्यसको नेतृत्व आफूहरूले गर्नुपर्ने दाबी अध्यक्ष दाहालले गरेका छन । बैठकेमा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल र स्थायी समितिका सदस्यहरू उपस्थित भएको जानकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij