बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

“प्राप्त उपलब्धि रक्षा गर्न सबै एकजुट हुनुपर्छः अध्यक्ष दाहाल”


  • 892
    SHARES
  • https://indrenipost.com/index.php/posts/10042
    भदौ १४, २०८२ शनिबार
    “प्राप्त उपलब्धि रक्षा गर्न सबै एकजुट हुनुपर्छः अध्यक्ष दाहाल”

    काठमाडौँ, १४ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दल र समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
    नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संवैधानिक अधिकार संरक्षणका लागि दलित समुदायसहित सबै राजनीतिक दल र नागरिक समाजको आपसी सहकार्य आवश्यक रहेको बताए ।
    उनले संविधानको प्रस्तावना, धारा २४ र ४० मा उल्लेख गरिएका दलित अधिकारको प्रभावकारी कार्यान्वयनका लागि दलित समुदायले सडक, संसद् र पार्टीमार्फत दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, राज्यका अङ्ग र निकायमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सहित निश्चित प्रतिशत थप गर्नुपर्ने धारणा व्यक्त गरे ।
    दाहालले क्षतिपूर्ति सहित दलित समुदायलाई विशेष अधिकार दिन संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै आफ्नो पार्टीले दलित मुक्तिका लागि स्पष्ट नीति अघि सारेको दाबी समेत गरे ।
    यस्तै, मोर्चाका अध्यक्ष दलजित श्रीपाइलीले संविधानको धारा ४० कार्यान्वयनसहित समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमै परिवर्तन गर्नुपर्ने माग गरे । उनले प्रत्यक्ष निर्वाचनमा दलित र महिलाका लागि अलग निर्वाचन क्षेत्र वा जनसङ्ख्याका आधारमा अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
    दलित समुदायले पालिका प्रमुख तथा उपप्रमुख देखि वडाध्यक्षसम्म अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गर्न स्थानीय तह निर्वाचन कानुन संशोधन गर्नुपर्ने मागसमेत राखेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij