बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

प्रा.डा.केसीद्वारा सत्याग्रह सुरु


  • 685
    SHARES
  • https://indrenipost.com/index.php/posts/10066
    भदौ १५, २०८२ आइतबार
    प्रा.डा.केसीद्वारा सत्याग्रह सुरु

    सुदूरपश्चिम, १५ भदौः प्राध्यापक डा. गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन ।
    डा. केसीले पत्रकार सम्मेलनमा तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गर्दै, निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्ने सरकारको निर्णय फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गरेका छन । उनले विगतका सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना, गेटा मेडिकल विश्वविद्यालयमा पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने पनि जोड दिए ।
    यसैगरी, डा. केसीले एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पतालमा दरबन्दी वृद्धि गरी सेवा प्रवाह गर्नलगायत विगतका सम्झौताहरू कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन । डा. केसी विगतमा पनि चिकित्सा शिक्षाको सुधारका लागि पटकपटक अनशन बस्दै आएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij