शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/10069
    भदौ १६, २०८२ सोमबार
    हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

    ढोरपाटन बागलुङ, १६ भदौ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडक दुरावस्थामा परेपछि पर्यटकहरू सास्ती खेप्न बाध्य भएका छन् । राष्ट्रिय प्राथमिकतामा परेपनि सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको दशक बित्दा पनि स्तरोन्नति हुन सकेको छैन ।
    बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि माथिल्लो भाग साँघुरो, खाल्डाखुल्डी र हिलाम्मे छ । वर्षायाममा लेदो र ढुङ्गा थुप्रिँदा पर्यटकका मोटरसाइकल तथा जिप बीच बाटैमा बिग्रने गरेका छन् ।
    ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरका अनुसार सडक स्तरोन्नतिमा लापरबाहीले हजारौँ नागरिक र आगन्तुकले कठिनाइ भोगिरहेका छन् । “निर्माण कम्पनीले समयमै काम गरेको भए यसले धेरै फाइदा पुग्थ्यो, तर कार्यान्वयन नै भएन,” उनले गुनासो गरे ।
    नवलपुरबाट आएका पर्यटक तुफान सापकोटाले पनि सडकका कारण दुई दिन अलपत्र पर्नु परेको अनुभव सुनाए । “ढोरपाटन निकै सुन्दर छ, तर यस्तो सडक छ भन्ने थाहा भएको भए आउने थिएनौँ,” उनको भनाइ छ ।
    बागलुङ खण्डमा विसं २०७१ मा ट्रयाक खुलेको सालझण्डी–ढोरपाटन सडक कुल १९७ किलोमिटर लामो छ । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटरमा चार वर्षअघि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij