शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

‘हाम्रो पात्रो’ले सामाजिक सञ्जाल दर्ताका लागि मन्त्रालयमा दियो निवेदन


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/10126
    भदौ १९, २०८२ बिहीबार
    ‘हाम्रो पात्रो’ले सामाजिक सञ्जाल दर्ताका लागि मन्त्रालयमा दियो निवेदन

    काठमाडौँ, १९ भदौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि, ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ ।
    मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, हाम्रो पात्राले आजै सूचीकरण प्रक्रियामा आउन निवेदन दिएको जानकारी दिएको छन् ।
    सर्वोच्च अदालतले २०८० वैशाख १२ मा जारी गरेको आदेश अनुसार, स्वदेशी तथा विदेशी अनलाइन र सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालन गर्नु अघि सम्बन्धित निकायमा सूचीकरण अनिवार्य गरेको थियो ।
    उक्त आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थालाई सूचीकृत हुन आह्वान गरेको थियो । यसअनुसार, निर्देशनिका–२०८० बमोजिम आफ्नो प्लेटफर्म सूचीकरणका लागि निर्धारित कागजातसहित ७ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था छ ।
    मन्त्रालयले निवेदन दिने इच्छुक पक्षलाई नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम पालनाको निगरानी अधिकारी तोक्न सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij